बीरगंज महानगरपालिका वडा नम्बर ७ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारणसभा शुक्रवार स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ। श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि। का अध्यक्ष प्रेम चुडामणिा बज्राचार्यको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक शम्भु गुप्ताको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उदघाटन समारोहमा गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको आपत्ति जनाउनु भएको छ। उहाँले भने यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दुई पटक देखि तेस्रोपटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा लगाउन खोज्नुले सहकारी धरापमा पर्न सक्ने भएकोले सहकारीकर्मीहरुले आ,आफ्नो ठाउँ बाट खबरदारी गर्नुको साथै संसद्हरुलाई सहकारी ऐन संशोधन गर्न आग्रह गर्नुपर्ने बताए ।
उनले भने अहिले केन्द्रमा राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारलाई ध्यानाकर्षण गराउने काम समेत गरिरहेको बताएका हुन ।सहकारी ऐन सहकारीको हितमा नभएको गुप्ताले बताएका छन् ।साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित , संघका महासचिव जिष्णु बराल ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन पुर्व संचालक सदस्य हरेराम पटेल ,को( अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रवि भूषण श्रीवास्तव,राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) फिल्ड कार्यालय पर्साका प्रमुख गौतम साह,गृह लक्ष्मी बचत तथा ऋण सहकारीका उमेश तुरहा,सनराईज नेपाल बचत तथा ऋण सहकारीका दिपिका श्रेष्ठ ,हिमाल सहकारीका किरण झाँ,बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई,नेपाल पत्रकार महासंघका सहसचिव अजय चौरसिया ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई ,इन्जिनियर संजय यादव तथा विभिन्न सहकारी संस्थाका संचालक तथा प्रतिनिधिहरुले समेत शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत चन्देश्वर चौरसियाले संस्थामा हाल कारोबार ८२ करोड ६३ लाख ७७८० शेयर पुजी ३ करोड २९ लाख १४ हजार र संस्थामा बचत रु ६३ करोड ७८ लाख ४० हजार रहेको र संस्थामा जगेडा कोष ४ करोड १६ लाख ७८ हजार ७१७ रहेको बताए ।संस्थाले ऋण लगानी रु ५६ करोड ५२ लाख ११ हजार रहेको बताएका छन् ।संस्थाले खदनाफा रु १ करोड २८ लाख १९ हजार कमाउन सफल भएको छ ।
कार्यकारी अधिकृत चौरसियाले बताए अनुसार संस्थाले आफ्नो भवन निर्माण गर्न १५।५ धुर जग्गा जोड्न सफल भएको जसमा १ वर्ष भित्र भवन सम्पन्न गर्ने लक्ष्य लिएको चौरसियाको दावी रहेको छ। संस्थाले अहिले आफ्नो सदस्यहरुलाई विभिन्न सेवामूलक सुविधा दिएको बताए ।संस्थामा उत्कृष्ट काम गरेको भन्दै संस्थाले कार्यकारी अधिकृत चन्देश्वर चौरसिया,धिरज चौरसिया,शान्त श्रेष्ठ ,कृष्ण यादव ,तेतेरिया देवी ,हिरालाल चौरसिया,बिमल चिमरिया,शोभा कुमारी ,शारदा मानन्धर ,मधु चौधरी ,सिकेन्द्र यादव ,अभिमनन्नु यादव ,ममता भोलन,आनन्द कुमार गुप्ता ,महेश सहनी मेनका साह,लगायत रहेका छन् भने बाल बचत सिधि गुप्ता ,उत्कृष्ट बचतकर्ता दिपक साह,उमेश साह,र उत्कृष्ट ऋणी आलोक कुमार दास र उषा देवी रहेको कार्यकारी अधिकृत चौरसियाले बताएका छन् ।कार्यक्रमको स्वागत मनतब्य सल्लाहकार डाक्टर सुरेन्द्र चौरसियाले गर्नुभएको उक्त कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।