कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारणसभा आज स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ताजुदीन अन्सारीको अध्यक्षता बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि मैनालीले भने यस सहकारी संस्थाले धेरै उपलब्धि गरेको बताए । उहाँले भने अहिले सरकारले सहकारी ऐन जुन ल्याउने काम भएको छ त्यो सहकारी ऐन संशोधन गर्नमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
वार्षिक साधारणसभामा संसद् प्रभु हजरा,डाक्टर विश्भर शर्मा ,नेशनल मेडिकल कलेजका प्रोफेसर डाक्टर जैनुदीन अन्सारी ,डाइरेक्टर इसरत अन्सारी ,आबीद अन्सारी ,कलेजका डाइरेक्टर डाक्टर नुस्तन जहानत अन्सारी बसुदीन अन्सारी ,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेल ,संघका वरिष्ठ उपाध्यक्ष जिष्णु बराल,सिएमसि क्लबका अध्यक्ष रवि भूषण श्रीवास्तव,सिएमसि क्लबका पुर्व अध्यक्ष चन्देश्वर चौरसिया,राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,बीरगंज महानगरपालिकाका सहकारी प्रमुख सुनिल कर्ण,स्वकीय सचिव सत्यराज घिमिरे लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।संस्थाको वार्षिक प्रतिवेदन प्रदिप कुमार लोहारले प्रस्तुत गर्ने क्रममा संस्थाको शेयरपुजी १ करोड ११ लाख ५८ हजार ७०० बचत निक्षेप ४० करोड २५ लाख २९ हजार ९३० रहेको र ऋणी लगानी ५२ करोड ८५ लाख ९२ हजार ८७१ रहेको बताएका छन् ।
संस्थाले उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मानित गरिएको छ। कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।