वीरगन्ज : ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । वीरगन्ज स्थीत क्लासिक ब्यानकेट होटलमा संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष शम्भु प्रसाद गुप्ताले संस्थाको साधारणसभाको समुउद्घाटन गर्दै संस्थाले विगत १६ वर्षमा जन्ताको मन जित्दै अगाडि बढेकोमा निकट भविष्यमा पनि अझ अगाडि बढ्दै जाओस् भन्ने कामना गरे । उनले यो संस्थाले समयमै आफ्नो साधारण सभा सम्पन्न गरेको हुनाले यो संस्था जन्तामा राम्रो बिजनेस गरिरहेको बताए । प्रमुख अतिथी गुप्ताले नेपालमा सहकारी संस्थाको अवस्था नाजुक अवस्थामा रहे पनि यो ओम शिवशक्ति संस्थाले यस्तो अवस्थामा पनि नाफा सहित जन्ताको सेवा गरिरहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी समाजसेवी शिवशंकर पटेलले संस्थाका प्रमुख कालिष्टर साह कानुको प्रशंसा गर्दै ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको सफल कार्यकालको शुभकामना दिए । उनले यो संस्थामा आबद्ध कर्मचारीहरुको कडा मिहिनेत र सञ्चालकको सही व्यवस्थापनले आज राम्रै नतिजा दिन सकेको बताए । साथै उनले आजको मितिसम्म यो संस्थामा कुनै पनि किसिमको नकारात्मक विषयहरू बाहिर नआएको हुनाले ढुक भएर कारोबार गर्न आम जनतालाई आग्रह गरे ।
अर्का विशिष्ट अतिथी नेपाल बार एसोशिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता रामचन्द्र सिंहले सहकारीको अर्थ सहज रूपमा जन्ताले गरेको लगानीलाई सुरक्षित राखेर उनीहरूलाई सेवा प्रदान गर्नु हो । आज यो देशमा सहकारी संस्थाहरुले सहज रूपमा सेवा प्रदान नगर्नाले र जन्ताको लगानीलाई गलत दुरूपयोग गरेको कारण यो अवस्था आएको बताए । उनले यो संस्थाले आफ्ना सबै लगानी कर्ताको समयमै सेवा प्रदान गर्दै आएको कारण आज आफ्नो १६ औं वार्षिक साधारण सभा भब्य रुपमा मनाइरहेको बताए । साथै उनले यो संस्थाले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान गरिरहेको हुनाले यसमा आबद्ध हुन लगानी कर्तालाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष हरेराम प्रसाद, संस्थाका कार्यकारी प्रमुख अरुण साह , रविभुषण श्रीवास्तव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थाका मनिषा घोले, बबिता कुमारी उदास, नरेश कुमार साह, संगीता खड्का, सुरेन्द्र पटेल, प्रमोद पटेल, अनिल कुमार साह, बैजनाथ साह लगायत संस्थाका कर्मचारी, लगानीकर्ता, शेयर धनी सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो । साथै उत्कृष्ट कर्मचारीमा राजेश कुमार पासवान, मन्तोष साहलाई खादा माला लगाई सम्मान गरिएको थियो । यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथि लगायतहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कालिष्टर साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।