६ वैशाख,भरतपुर । मुग्लिन–नारायणगढ सडकमा म्याजिक दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डको चौधकिलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आउदै गरेको ना१ज ४९५७ नम्बरको म्याजिक टायर पंचट भई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ख ०७०६ नम्बरको ट्रकमा ठोक्किएर आज बिहान दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेहरुको १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये २ जना गम्भीर , ८ जना मध्यम र ७ जना सामान्य घाइते रहेका छन्।
उक्त दुर्घटनामा परी इच्छाकामना गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का अमिन सुनार (मध्यम), वर्ष ३३ की तारा गुरूङ (गम्भीर), वर्ष ३ की अंशु गुरूङ (मध्यम), वर्ष १० का विक्रम गुरूङ (मध्यम), वडा नं.२ बस्ने वर्ष १७ कि अस्मिता चेपाङ (मध्यम), वर्ष १६ का सोमबहादुर चेपाङ (सामान्य), इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४८ की माया राना (गम्भीर) , वर्ष ३७ का भरत आले (मध्यम), वर्ष ४० की लालमाया आले(मध्यम), वर्ष ३८ की लीला गुरूङ (मध्यम) र वडा नं.७ बस्ने वर्ष १० की मिक्की गुरूङ (मध्यम)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३८ का शम्शेरबहादुर थापा (सामान्य), उनका छोरा वर्ष ६ का संगम थापा (सामान्य), सोही वडा बस्ने वर्ष ३५ की गुनमाया आले (सामान्य), चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष २४ का विवके चेपाङ (सामान्य), सोही वडा बस्ने वर्ष २९ का यमबहादुर चेपाङ (सामान्य) र म्याजिकका चालक इच्छाकामना गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० का कुमार गुरूङ (सामान्य) को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
ट्रकचालक मकवानपुर वकैया गाउँपालिकाका ३ वस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ।