बाराको कोल्हवी नगरपालिका वडा नं. ७ को कार्यालय भवनको प्राङ्गणमा रहेको स्वास्थ्य सेवा केन्द्र धोधरपाको नव निर्मित भवनको उद्धघाट्न भएको छ ।
कोल्हवी नगरपालिका अध्यक्ष सलाउदिन अन्सारीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख आतिथी नगरप्रमुख रामप्रसाद चौधरीले रिबन काटेर नव निर्मित भवनको उदघाट्न गर्नु भएको हो ।
सो कार्यक्रममा कोल्हवी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष किसुन दयाल चौधरी, स्थानिय, समाज सेवी दिल मोहन चौधरी, बिजु चौधरी शिवनारायण चौधरी, चिन्तामणि चौधरी, नरेश कुमार मिश्रा, स्वास्थ्य सह संयोजक बिश्वनाथ चौधरी, वडा सचिव श्याम कुमार चौधरी, स्वास्थ्य चौकी प्रमुख अरुण चौधरी, वडाका सदस्यहरू शत्रुधन प्रसाद चौधरी, धर्मेद्र चौधरी, सिता सहनी, सोनामती चौधरी, कोल्हवी नगरपालिकाको पुर्व कार्यपालिका सदस्यहरु रामअयोध्या साह, ज्ञान्त्री कुमारी चौधरी, बसन्ती मुसर्नी, शिक्षक बिन्दु चौधरी, नरेन्द्र चौधरी, अधारभुत स्वास्थ्य चौकीको कर्मचारीहरू ,वडाका कर्मचारीहरू स्थानिय गाँउवासीहरुको उत्साहजनक उपस्थिती रहेको थियो भने कार्यक्रमको संञ्चालन साबिर अंसारीले गर्नु भएको थियो