जगत राई
गौतम स्कुलले आफ्नो ४८ औ वार्षिकोत्सबको अवसरमा अन्तर बिधालय बाल फुटबल प्रतियोगिता गर्ने भएको छ । मंगलवार लिटिल एन्जल एकेडेमी स्कुलको प्रारङ्गमा पत्रकार सम्मेलन मार्फत यहि १० गतेदेखि १५ गतेसम्म एसएसपी ग्राउन्डमा पहिलो संस्करण हुने संयोजक एवम् लिटिल एन्जल स्कुलका डाइरेक्टर सन्नी पाख्रिङ्गले जानकारी दिनुभयो ।
उनका अनुसार निजी स्कुलका १५ वटा बिधालयका विद्यार्थीहरुको सहभागी जनाउने जसमा ए र बी को समूह रहने पाख्रिङ्गले बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले अहिले प्याब्सनले यो आफ्नो कार्यक्रम नगरे पनि चाडैं प्याब्सनले फुटबल प्रतियोगिता आयोजना गर्ने बताए ।
जसमा निजी तथा सामुदायिक बिधालयका विद्यार्थीहरुले पनि भाग लिन पाउने ब्यवस्थापन गर्न लागेको अध्यक्ष श्रीवास्तवले जानकारी दिए । आफ्नो वार्षिकोत्सबको अवसरमा गौतम स्कुलले आमन्त्रित गरेका बिधालयहरु मात्र सहभागी रहेको श्रीवास्तवले बताए ।
जसमा गौतम स्कुल ,मनकामना स्कुल ,मिनि ल्याण्ड स्कुल ,न्यु वेभ स्कुल ,ओम नेशनल एकेडेमी ,जीवन ज्योति मावि ,लिटिल एन्जल स्कुल ,एसआर ग्यालेक्सी स्कुल ,सनलाइट मावि ,ज्ञानज्योति मावि ,मालीनी स्कुल ,सनसाइन स्कुल ,माउन्ट मकालु लगायत रहेकोे बताए । खेल अवधिभर करिब २ लाख ११ हजार खर्च हुने जसमा शिल्ड, प्रमाणपत्र ,रेफ्री कोच,बेस्ट फिल्ड ,बेस्ट फरवार्ड ,डिसिपिलन लगायतलाई सम्मानित गरिने अर्को संयोजक सुरज पटेलले बताएका छन् ।
पत्रकार सम्मेलनको अध्यक्षता गौतम स्कुलका ब्यवस्थापक गणेश क्षेत्रीले गरेका थिए । पत्रकार सम्मेलनमा प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ्ग, सल्लाहकार हरि श्याम ठाकुर , प्याब्सनका निवर्तमान महानगर अध्यक्ष आलोक चौरसिया,जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्ता ,रेफ्री अर्जुन गुप्ता लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको सहजिकरण गौतम स्कुलका ब्यवस्थापक सौरज प्रधानले गरेका थिए।