वीरगंज– वीरगञ्ज महानगरपालिका वडा १३ राधेमाई स्थित साउथजोन माध्यमिक बिधालयको आफ्नो १६ औँ वार्षिकोत्सबको अवसरमा जुनियर रेडक्रस सोसाइटी पर्साको संयोजनमा खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य चेकजाँच आयोजना गरेको छ। साउथजोन माविका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्रराज कडेलको प्रमुख आतिथ्यमा सो रक्तदान तथा निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि सभापति कडेलले रामचन्द्र चौधरीलाई रगतको पोकाको थैलो दिएर शुरुआत गर्नुभएको थियो । उनले भने मानवीय जीवनको लागि आवश्यकता पर्ने रगत जस्तो महत्त्वपूर्ण काममा साउथजोन माविको योगदान धेरै शरणीय रहेको बताए ।
रक्त दिनेहरु समिक्षा चौधरी ,पवित्रा अधिकारी, रोशनी श्रेष्ठ, निशा कुमारी, सुनैना देवी चौधरी, शिवजी चौहान, दिपा शर्मा, अजयकुमार श्रेष्ठ, सीता देवी, निरज कुमार उपाध्याय, वकिल यादव, बिजय प्रसाद हजाम, कन्चन यादव, राजन प्रसाद दास गरि १३ महिला सहित ४४ जनाले अहिलेसम्म रक्तदान गरेका छन् भने अहिले रक्तदान संचालन भइरहेको रक्तसंचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिएका छन ।रक्तदान कार्यक्रममा जुनियर रेडक्रस सोसाइटी पर्साका संयोजक विनोद गिरि, प्याब्सन पर्साका कोषाध्यक्ष प्रविन चौधरी, नेपाल आदिवासीजनजाति महासंघ परिषद् महानगर अध्यक्ष रोशनी श्रेष्ठ लगायतको उपस्थित रहेको प्याब्सन पर्साका सचिव एवम् सहप्राध्यापक अशोक संग्रोलाले जानकारी दिनुभएको छ।