वीरगञ्ज– श्री शिवशक्ति कोटी होम महायज्ञ बारे पत्रकार सम्मेलनको आयोजना भएको हो। आज आज शुक्रबारको दिन नेशनल मेडिकलको दक्षिणतिर करीब २ सय मिटर अगाडि बिश्रमपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञ तैयारी बारे पत्रकार सम्मेलन गरिएको हो। सो कार्यक्रमकामा मेयर जुल्फकार अलि भुट्टो (जुबेर भाइ) को अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त पत्रकार सम्मेलनमा महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव, उपाध्यक्ष डोमाई साह र राजा बाबू गुप्ता सोनार, कपिल देव साह सोनार, कोषाध्यक्ष भोला साह सोनार एवम् प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियो।
यस श्री शिवशक्ति कोटी होम महायज्ञमा सुरक्षालाई मध्य नजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी सवेम सेवकहरु परिचालन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियोे।
यस श्री शिवशक्ति कोटी होम महायज्ञ बारे मेलाको विवरण स–सचिव दिपेन्द्र प्रसादले पेस गरेका थिए। दिपेन्द्र प्रसादको भनाई अनुसार मधेश प्रदेशमै यस्तो ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड ३० लाख लागने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नु पर्ने रहेको छ ।
मेला मनोरञ्जन समितिका अध्यक्ष सुमित यादवले मेलाको बारेमा विभिन्न किसिमका जानकारी गराएका थिए। यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ पिस मुर्तिहरु बनाईएको छ भने यो महायज्ञ सुरु माघ २३ गते मंगलबारदेखि बिधिवत रुपले संचालित हुने छ। यो महायज्ञ १ महिना चल्ने छ यस महायज्ञमा बच्चाहरुलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला, मौतका कुवा, सर्कस, नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावन बाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने आयोजकले बताएका थिए
यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्यको भागी बनौं भनेर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन्। उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी, नागरिक समाज, अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त सम्मेलन पछी त्यहाँ उपस्थित सबै सन्चारकर्मीहरुलाई गमछा ओढाई सम्मान गरिएको थियो। सबै आजको उक्त कार्यक्रम सन्चालन प्रचार प्रसार समितिका संयोजक राज सर्राफले गरेका थिए।