वीरगञ्ज : साउथजोन माध्यमिक बिधालयको १६ औं वाषिर्कोत्सव समारोहको उलघाटन खानेपानी मन्त्री प्रदिप यादवले गर्नुभएको छ। मन्त्री यादवले अब देशभर रहेका सामुदायिक बिधालयहरुको खानेपानी निशुल्क उपलब्ध गराउने बताएका छन् ।बीरगंजबासीको नाम उच्च राख्दै नाम हसाउने काम कहिले नगर्ने मन्त्री यादवले उदघोष सो साउथजोन माध्यमिक बिधालयको वार्षिकोत्सब समारोह मार्फत जानकारी गराउन चाहेको बताए ।मन्त्री यादवले भने साउथजोन माध्यमिक बिधालयले छोटो समयमा हरेक क्षेत्रमा उत्कृष्ट शिक्षा तथा अन्य क्रियाकलाप सफलता हासिल गर्न प्रिन्सिपल चौधरी र अन्य शिक्षक शिक्षिकाहरुको उल्लेखनीय योगदान पुराउने धन्यवाद तथा शुभकामना समेत दिनुभएको थियो ।
पर्सा जिल्ला अहिले निजी बिधालयहरुका कारण शिक्षाको हब बनिसकेकोले थप यो भन्दा पनि उच्चमा पुराउन निजी बिधालयका प्रिन्सिपल तथा सामुदायिक बिधालयका प्रअहरुलाई मन्त्री यादवले अपिल गर्नुभएको छ।त्यसैगरी मधेस प्रदेश सदस्य रहबर अन्सारीले बिधालयको शिक्षाले मात्र नपुग्ने भएकोले अभिभावकहरुले पनि ब्यवहारीक शिक्षा दिनुपर्ने सुझाव दिनुभएको थियो ।बिधालयले उत्पादन गरेका विद्यार्थीअहरु उच्च शिरका साथ अगाडि बढने शिक्षा प्रदान गर्न आग्रह गर्नुभएको हो ।
बिधालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता सम्पन्न सो वार्षिकोत्सब समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,सल्लाहकार प्रकाश उपाध्याय,शिक्षा महाशाखाका अधिकृत हरि राउत ,प्याब्सन मधेस प्रदेश सल्लाहकार श्याम केसी ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई,बिधालयका निर्देशिका सुर्यमाया खड्का ,वडा नम्बर १३ का वडा अध्यक्ष हिरालाल गिरि,जसपा नेता मोहन लाल चौधरी ,सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,डिएभी स्कुलका प्रिन्सिपल राकेश मिश्र ,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह,उपाध्यक्ष विरेन्द्र यादव ,कोषाध्यक्ष प्रविन चौधरी ,ज्ञान्दा एकेडेमीका प्रिन्सिपल राजेन्द्र कोइराला ,एन प्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ता मानव आश्रमका ,देवेश मानव ,फजिल अहमद वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष ,कमल चौगाई ,तथा अभिभावक विद्यार्थी लगायतको उल्लेखनीय सहभागी रहेको थियो ।वार्षिकोत्सबको अवसरमा वर्षभरि विभिन्न क्षेत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अन्य क्रियाकलाप बिजेता भएका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।
भने सोही वार्षिकोत्सब समारोहमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष निलिमा पौडेल र शिक्षा क्षेत्रमा दलित समुदायको उत्थान गर्न सहयोग गर्ने लालबाबु रामलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको प्रिन्सिपल चौधरीले जानकारी दिनुभएको छ।विद्यार्थीहरुले विभिन्न संस्कृतिक तथा नृत्य प्रस्तुति समेत गरेकोे थियो ।कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल अशोक संग्रोलाले गर्नुभएको थियो ।