जगत राई
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न सो स्वागत समारोह सम्पन्न भएको हो ।स्वागत समारोहमा प्रहरी उपरीक्षक मिश्रलेभने जनताकोधनजनको र शान्ति सुरक्षामा कुनै कसर बाकी नराख्ने बताएका छन्। उनले भने समाजमा अपराधीक गतिविधिमा सामुदायिक सेवा केन्द्रले समन्वय र सहकार्य गरेर काम गर्ने बताए ।
पर्सा जिल्ला १८ वर्ष पछि धेरै परिवर्तन भएको आफुले पाएको बताउदै जुन १८ वर्ष पहिले वडा प्रहरी कार्यालय श्रीपुरमा बस्दा धेरै कस्ट झेलेर काम गरेको तितो अनुभव प्रहरी उपरीक्षक मिश्रले सुनाएका हुन ।अहिले मानिस देखि सरसफाइ बाटोघाट सबै परिवर्तन भएको देख्न पाउदा मलाई गर्व लागेको बताएका छन ।हिजोका दिन आफू संग भेटघाट भएका ब्यक्ति अहिले समाजसेवा तथा जिम्मेवार पदमा पुगेको देख्न पाएकोमा अब आफुलाई पनि पर्सा जिल्लामा काम गर्ने वातावरण राम्रो भएको प्रहरी उपरीक्षक मिश्रले बताएका हुन ।
स्वागत समारोहमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरालाल गिरि,वडा प्रहरी कार्यालय श्रीपुर प्रहरी निरिक्षक श्याम बस्नेत ,एलएस न्युरोका डाक्टर श्याम बाबु प्रसाद,सचिव दिलिप प्रधान ,ग्रामीण विकास बैंकका विनय कुमार झा,बाल एकता स्कुलका उमेश कुशवाहा,सल्लाहकार डा पुरुतम दुवे,एलएस न्युरोका सुमन कार्की ,मधु सिंह राजपुत,पत्रकार अजित भुजेल ,निर्मल ताम्राकार ,राधा शर्मा ,पावर्ती शर्मा ,रोशनी लुङगेली,प्रमिला शाहि,गणेश थापा ,राजबावु भन्डारी लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको स्वागत सामुदायिक सेवा केन्द्रका सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राईले गर्नुभएको थियो भने सहजिकरण पत्रकार सुर्य विकले गरेका थिए।