बीरगंज : बीरगंज महानगरपालिका वडा नम्बर ११ ओमआश्रम नजिक रहेको ओम नेशनल एकेडेमी कलेजमा अध्यापन गरेका विद्यार्थीहरु मध्ये ९ जनाले फुल स्कलरसीपमा आफ्नो नाम निकल्न सफल भएको छ।सोमबार कलेजको प्रारङ्गको परिषदमा एक समारोहबीच ओम नेशनल एकेडेमी कलेजका प्रिन्सिपल हरि श्याम ठाकुरले ती विद्यार्थीहरुलाई मायाको चिनो तथा टीका अबिर र गम्छाले सम्मानित गदै उज्ज्वल भबिस्यको कामना गर्नुभएको थियो ।
उहाँले यस कलेज बाट पाएको शिक्षा समाज र राष्ट्रको लागि सधैं समरपित रहन आग्रह गर्नुभयो। फुफ स्कलरसीप पाउने विद्यार्थीहरुमा श्रृति गुप्ता ,इन्जिनियरिङ थापथली चन्द्रमोहन साह कानु एमबिबिएस बिराट मेडिकल कलेज ,नौस्त अन्सारी एमबीबीएस महाराजगन्ज मेडिकल आशिष गौरव बिडिएस डेन्टल,हर्ष ठाकुर बिडिएस डेन्टल पिपुल डेन्टल कलेज एण्ड हस्पिटल प्रालि ,बिज्ञा श्रेष्ठ फुलचौक इन्जिनियरिङ ,पबित्र पटेल बिएसी एग्रिकलचर कृषि ,सीएनआरएम कलेज ,अमिता झाँ इन्जिनियर आइओइ डब्लु पोखरा ,रुपाली गुप्ता फोरेस्ती गरि यो वर्ष ९ जनाले पाएकोमा आफुलाई धेरै खुशी लागेको प्रिन्सिपल ठाकुरले बताउनुभएको छ।
हाम्रो कलेज बाट अध्यापन गरेका विद्यार्थीहरु मधेस प्रदेश मात्र होइन नेपाल टप ल्याउन सफल भएको बताए ।उहाँले भने हामी विद्यार्थीहरुको भबिस्य संग खेलवाड कहिले गर्ने छौंनौ हामी शतप्रतिशत नतिजा ल्याउन सफल भएका छौ भनेर ठोकुवा समेत गरेका छन् ।
सम्मान कार्यक्रममा ओम नेशनल एकेडेमीका प्रिन्सिपल नागिना साह,ओम नेशनल एकेडेमी कलेजका शिक्षकहरु संजय चौरसिया,अरुरोध गुप्ता ,अमिताब कुशवहा,अशोक साह,विरेन्द्र यादव ,एमडी अमित लगायतको उपस्थित रहेको प्रिन्सिपल श्याम ठाकुरले जानकारी दिनुभएको छ।