भगवान कुर्मी, वीरगन्जः पर्सा जिल्लामा सवारी साधन ब्यवस्थापन तथा दुर्घाटना न्युनिकरणको लागी खटिएका ट्राफिक प्रहरीहरुले डिउटी भन्दा बढि कमाउ धन्दामा ब्यस्त रहेको समाचार प्राप्त भएको छ । मुलुकको मुख्य प्रवेशद्वार बीरगंज लगायत विभिन्न ठाउँमा सवारी व्यवस्थापन तथा सवारी दुर्घाटना न्युनिकरणका लागि खटिने ट्राफिक प्रहरीहरुले बिभिन्न बाहानामा सर्वसधारणसंग पैसा असुल्नमा ब्यस्त रहेको देखिएको हो । ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीहरुले सवारी चेकजाँचको नाम बिभिन्न बाहाना गरेर माथिल्लो सेटिङ्गमा पैसा असुली गरिरहेको स्रोतले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय पर्साको मातहतमा त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, पावरहाउस, गण्डक, परवानीपुर, लगायतका ठाँउमा खटिने बिट ईन्चार्ज तथा ट्राफिक प्रहरीहरुले चेकजाँचको नाममा कागजातको कमि, ओभरलोडिङ्ग, लगायतका बिभिन्न बहानामा अबैध तरिकाले पैसा असुली गरिरहेको बताईन्छ ।
पर्साका ट्राफिक प्रहरीहरुले बिरगंज भन्सार तथा आईसिपिबाट पास भएर आउने भारतिय मालवाहक सवारी साधनहरुसंग बिभिन्न किसिमको केरकार गरेर अबैध तरिकाले सय देखि पाँच सय तथा हजार सम्मको अझै ओभरलोडिङ्ग गााडिसंग त १५ हजार सम्म रकम असुली गरिरहेको स्रोतको दावी छ । यति मात्र होईन ट्राफिक प्रहरीहरुले ग्रामीण भेगबाट धान गेहु तथा कबाड बोकेर आउने सवारी चालकहरुसंग सय देखी हजार सम्म रकम उठाउने गरेका छन । भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाईकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने, सबै कागजात हुदाँ पनि पैसा नदिए सवारी रोक्ने जान नदिने देखिएको छ । पर्सा जिल्लाको ग्रामिण भेगका धैरे जसो मानिसहरुले अशिक्षित रहेका कारण लाईसेन्स निकाल्न सकेका छैन्न र सो बिषयको फाईदा उठाएर सवारी ब्यवस्थापनमा पावरहाउस, घण्टाघर, माईस्थान चौकमा खटिने ट्राफिक प्रहरीहरुले पहिला त बिभिन्न किसिमको धाकधम्की दिने र पछि राजस्व चिट काटनुको एक हजार सम्म असुली गरिरहेको ट्राफिक चेकिङ्गमा परेको जोकोहीले पनि हेर्न स्रक्छ ।
ट्राफिक प्रहरी कार्यालय पर्साको मातहतमा त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, पावरहाउस, गण्डक, परवानीपुर, लगायतका ठाँउमा खटिने बिट ईन्चार्ज तथा सडकमा खटिएका ट्राफिक प्रहरीहरुलाई चेकजाँचको नाममा अवैध असुली गर्न ट्राफिक प्रहरीसंग सरोकार राख्ने माथिल्लो निकायले नै छुट दिएको नाम नबताउने शर्तमा एक जना ट्राफिक प्रहरीले जानकारी दिए । उनले आफुहरुले दैनिका रुपमा तह अनुसारको रकम सबै ठाउँमा मासिक रुपमा बुझाउन पर्ने भएकोले तलबको पैसा दिने कुरा आउँदैन यस्तै गरेर बुझाउने गरेको पुरानो परम्परालाई आफुले पनि निरन्तरता दिएको बताए । अझ उनी यस्तो रकम मासिक रुपमा २५ लाखको हाराहारीमा संकलन हुने गरेको समेत जनाउ दिन्छन । । प्रहरी स्रोतका अनुसा
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अबैध तरिकाले रकम असुल्ने गरेका छन् । सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेका छन । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
पर्साका ट्राफिक प्रहरीहरुले गरिरहेका अबैध कारोवार बिभिन्न पत्रपत्रिका तथा समाचारमा समेत प्रकाशन भईरहेको हुँदा पनि प्रमुखहरुले आफु बेखबर रहेको देखाउछन । पर्सा जिल्लामा ट्राफिक प्रहरी प्रमुख पहिला देखि हालसम्म जो कोही कार्यरत रहेपनि सवारी दुर्घाटना न्युनीकरण गर्न खटिएको ट्राफिक प्रहरी द्धारा अनाधिकृत रुपमा अवैध असुली सुरु भएको स्रोतले जनाएको छ । अहिले पर्सा जिल्लामा सवारी चेकजाँचको नाममा स्टन्टबाजी भईरहेको देखीएको छ । कहि चियाको चुस्की सगै सवारी चेकिङ्ग सुरु गर्नु र चिया सकिने बितिकै चेकिङ्ग बन्द गर्नु यो कुन नियम कानुनमा पर्छ भने प्रश्न खडा भएको छ । प्रहरीहरुको यस्ता क्रियाकलापले सर्वसधारण दुखित भएका छन ।
जनताको सुरक्षाको मुल जिम्मेवारी पाएका प्रहरी प्रशासनले नै सवारी चेकिङ्गको नाममा जहातही यस्ता बदनियत कार्य गर्न थाल्यो भने प्रहरी प्रशासनसंग जनताले के अपेक्षा गर्ने । अहिले पर्सा जिल्लामा निकै नाम चलेका प्रहरी प्रमुख कुमोद ढुंगेल आएका छन तर उनी कार्यरत रहेको बेलामा पनि यी यस्ता ट्राफिक भित्रको बिकृति अन्त्य हुने आम अपेक्षामा भने कुनै परिवर्तन आउन नसक्नुलाई उदेक मान्नुपर्ने अवस्था रहेको छ । यस बारेमा जो कोहीसँग पनि हाल पर्सा ट्राफिक प्रहरीको रुपमा कार्यरत रहेका प्रमुख भने सबै कुरालाई अस्वीकार गर्दे आफु् मातहत रहेको प्रहरीले कहीँ त्यस्तो अबैध रकम असुली गरेको प्रमाण भेटिएमा बिभागीय कारवाही गर्न कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिन्छन । सुुधार आउन नसक्नु, पुरानो रोगको उपचार नखोजिनु र परम्परामा बिराम नलाग्नुले जुन जोगी आएपनि कानै चिरेको उखानको चरितार्थ भएको छ ।