पर्सा- नेकपा एमालेका पकहाँमैनपुर गाउँपालिका कमिटिका अध्यक्ष तथा युवा नेता अकलेश साहको पहलमा लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको छ ।
युवा नेता साहले प्रदेश सरकारसंग निरन्तर गर्दे आएको प्रयास तथा पहलका कारण लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको हो ।
मधेश प्रदेश सरकारले पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४मा पर्ने लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नतीका लागी ३५लाख रकम बजेटमा बिनियोजन गरेको हो । प्रदेश सरकारले बिनियोजन गरेको ३५लाखको लागतमा स्वास्थ्य चौकीको प्रखाल तथा गेट निर्माण गर्ने गरि स्तरउन्नतीको कार्यलाई ०८१/०८२ को बजेटमा समावेश गरिएको हो ।
एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा नेताले स्वास्थ्य चौकीको निर्माण कार्य केहि दिन भित्र बिधिवत रुपमा सुरु गरिने बताएका छन । उनले स्वास्थ्य चौकीको स्तरउन्नती गर्ने कार्यलाई बजेटमा समावेश गराउन आफु पटक पटक पहल गरेको बताए । उनले भने पालिकालाई समृद्ध बनाउने मेरो उदेश्य रहेको छ, र यस्ता कतिपय बिकास निर्माणको कामहरु आफु समावेश गराउन सफल समेत भएको जानकारी दिए ।
युवा नेता साहले २०८४ को स्थानिय निर्वाचनमा आफु भाग लिने घोषण समेत गरिसकेका छन, भने पालिकाको बिकास निर्माणको कामलाई मुल प्राथमिकतामा राखेर आफु अगाडी बढेको बताउछन । पकहाँमैनपुर गाउँपालिकामा नेपाली कांग्रेसको पाईनल जितेको अवस्था छ, तै पनि पालिकामा बिकासको गति नलिनु स्थानिय जानताको लागी दुर्भाग्य रहेको उनको दावी छ ।
काम गर्न कुनै पद आवश्यक हुदैन्न, परिवर्तन गर्न चाहना र जानताको भावनालाई बुझ्न लगनशिता हुनु जरुरी रहेको उनको धारण छ । उनले भने नेकपा एमाले जनप्रिय पार्टी हो र आफु एमालेको कार्यकर्ता भएको हुनाले जानताको पक्षमा काम गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन । उनले एमालेको समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई आत्मसाथ गरेर पालिकालाई समृद्ध बनाउन आफु कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाएका छन ।