वीरगन्ज। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोयल एकाडेमी स्कूलले शनिबार निःशुल्क आँखा,दाँत तथा कानको चेकजाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क आँखा तथा दाँत चेकजाँच शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र टोल बासीहरुगरी ५०० भन्दा बढीले सेवा लिएका छन् ।
स्कूलको आफ्नै प्राङ्गणमा आयोजना गरिएको निःशुल्क शिविरमा वीरगन्ज आँखा सामुदायीक अस्पतालका डाक्टर प्रमोद सिंह धामी, डाक्टर चाँदनी जैसवाल यसैगरी आशाराम हस्पिटलबाट डाक्टर बिरेन्द्र महतो, डाक्टर आरती साह, डाक्टर अधेश कुमार यादव, ईमप्याक्ट नेपालका डाक्टर सलेस्मा रिजालले सहभागीहरूलाई चेकजाँच गरेका थिए ।
चेकजाँचकोपछि आवश्यक परेकाहरूलाई निःशुल्क रूपमा औषधि समेत वितरण गरिएको विद्यालयकी फाउन्डर प्रिन्सिपल विजया ओझैयाले जानकारी दिईन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्कूलले शनिबार निःशुल्क आँखा, दाँत तथा कानको चेकजाँच शिविर आयोजना गर्यो , जसबाट ५०० भन्दा बढीको संख्यामा सहभागीहरुले यस शिविरबाट लाभ लिनुभयो, यो हाम्रो लागि ठूलो उपलब्धि रहेको स्कुलकी मयानेन्जिङ डाइरेक्टर सबनम श्रेष्ठले बताइन् । साथै उनले शिक्षाको साथ साथै समय समयमा विद्यालयले विभिन्न स्वास्थ्य शिविर, वक्तित्व कला, हस्तित्व कला, खेलकुद लगायत अतिरिक्त कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको बताइन् । अन्तर्राष्ट्रिय नारी दिवसमा धेरै संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाउछन हामी पनि स्वास्थ्य शिविर कार्यक्रमको आयोजनागरि अन्तर्राष्ट्रिय नारी दिवस मनाईराखेका छौ उनले भनिन ।
सो अवसरमा रोयल एकाडेमी स्कूलका सञ्चालक ओमप्रकाश श्रेष्ठ, आशाराम हस्पिटलका डाइरेक्टर डाक्टर अशोक दास, डाक्टर निभा दास, ग्लोबल बिजनेस कलेजका श्रीराम दास, रोयल एकाडेमी स्कूलका सहायक प्रधानाध्यापक सुमन श्रेष्ठ, शिक्षक सोनु दास, लगायत स्कूलका शिक्षक, शिक्षिका, अभिभावक, टोलबसी लगायतकहरुको सहभागीता रहेको थियो ।