नेकपा (एमाले) निकट अनेरास्ववियुका पर्सा सचिव एवं ठाकुराम बहुमुखी क्याम्पसका स्ववियू अध्यक्षका उम्मेदवार पवन यादवले गुणस्तरीय शिक्षा आफनो मुख्य एजेण्डा रहेको बताएका छन । चैत्र ५ गते हुने चुनावको लागि उम्मेदवारी दिन लागेका यादवले ठाकुराम क्याम्पसको शैक्षिक गुणस्तर बिकाशको लागि आफनो उम्मेदावरी रहेको बताए । च्वाईस खबरसंग कुरागर्दै यादवले कलेजमा बिद्यमान समस्या समाधान गरि देशकै नमुना कलेज बनाउने योजना रहेको बताए ।
नियमित कक्षा संचालन, परीक्षा पद्धतीमा सुधार , लाइब्रेरी व्यवस्थापन , हरेक कक्षा कोठामा सिसिटिभि जडान ,क्याम्पसको प्रशासनिक कार्य अनलाईन गराउने,बैंक काउन्टर सहिट एटिएमको व्यवस्था क्याम्पसमै गराउने,बिद्यार्थीहरुको स्वास्थ्य बिमा र आईडी कार्डको आधारमा नारायणी अस्पतालमा उपचार सहुलियत दिलाउने,खेलकुदको बिकाशको लागि व्यवस्थित क्रिकेट पिच ,अन्य खेलको ग्राउण्ड निर्माण लगायतको मुख्य योजना रहेको बताए ।
यादवले राजनिति भन्दा पनि कलेज सुधारको लागि आफनो उम्मेदवारी रहेको जनाए । लामो समयदेखि ठाकुरराम क्याम्पसको शैक्षिक अवस्थाको स्तरोन्नति हुनुपर्ने विषय उठाउँदै आएका यादवले ठाकुरराममा मात्र हाजिर गरेर बाँकी समय प्राइभेटमा दिने शिक्षकलाई प्रवेश निषेध गर्ने जनाए । सरकारी क्याम्पसमा उपस्थिति कम हुने र हाजिर मात्र गरेर जाने प्रवृत्ति छ । कक्षा लिँदा पनि राम्रोसँग नपढाउने, प्राइभेट ट्युसनमा पढाउन जाने काम बन्द हुनुपर्छ । कलेजमा हजारौँको सङ्ख्यामा विद्यार्थी छन्। नियमित विद्यार्थी दुई, चार सय मात्रै हुन्छ। त्यसको व्यवस्थापन गर्न हाम्रो एजेण्डा छ।”विश्वविद्यालय महिनौँ दिनसम्म तालाबन्दी गर्ने, नियमित कक्षा नहुने र नतिजा वर्षौँसम्म प्रकाशन नहुनेजस्ता समस्याको समाधान गर्नेतर्फ स्ववियुले पहल गर्नुपर्ने उहाँको भनाइ छ।
एमाले पार्टीको सहयोग,बलियो संगठन,कलेज र बिद्यार्थीहरुमा गरिएको व्यक्तिगत लगानी ,स्पष्ट एजेन्डा र कलेजमो बन्दै गईरहेको माहोल नै आफनो जितको मुख्य आधार रहेको यादवको भनाई थियो ।