वीरगञ्ज । वीरगञ्जको श्रीपुर स्थित जीएचपी माध्यमिक विद्यालयले मंगलबार ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । हरेक वर्ष झैं यस वर्ष पनि विद्यालयले विद्यार्थीहरूका लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो। सो क्रममा बिधार्थीहरुले दौड प्रतियोगिता , बनाना ईटिगं, सामुहिक दौड र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम, दुईतिय र तस्रो भएका बिधार्थीहरुलाई शिल्ड, मेडल बितरण गरिएको थियो ।
विधालयका डाईरेक्टर जग सिंहको अध्यक्षतामा समपन्न भएको कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष हिरा गिरिले बिधार्थीहरुको प्रदर्शनले आफु धेरै प्रभावित भएको बताए । साथै यनले शिक्षाकोसंगै खेलकुदमा समेत बिधार्थीहरुलाई समावेश गराउन जरुरी रहेको बताए । सो अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक बिरेन्द्र गिरि, संचारकर्मी आनन्द पटेल, अर्जुन चौधरी , शिक्षक, शिक्षिका र बिधार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका डाईरेक्टर जग सिंहको अनुसार, युवा खेलाडीहरूलाई प्रेरित गर्न तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालयले हरेक वर्ष यस प्रकारका गतिविधिहरू सञ्चालन गर्ने गरेको उनले बताए ।
कार्यक्रममा विभिन्न प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको थियो भने विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । आयोजकहरूले सफल कार्यक्रमका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनलाई धन्यवाद व्यक्त गरेका छन ्।