विद्यार्थी हकहितका लागि विभिन्न आठ राजनीतिक दल र सामाजिक संघसंस्था मिलेर बनेको महागठबन्धनले स्ववियू चुनावका लागी ठाकुर राम बहुमुखी क्याम्पसमा श्याम गुप्तालाई सभापति पदको उम्मेदवार घोषणा गरेको छ।महागठबन्धनले आज गुप्ताको नेतृत्वमा २१ सदस्यीय उम्मेदवारी घोषणा गरेको हो।
घोषित उम्मेदवारीमा कोषाध्यक्ष पदमा सलमान देवान, सचिव पदमा राज साह कानु र सदस्यहरुमा मुस्कान समानी, सुवान्शी कुमारी, राम कृष्ण यादव, अन्जय पटेल, सन्दिप चौहान, मयंक श्रीवास्तव, मनिष चौहान, पृथ्वी सिंह, आरुशी गुप्ता, दिपक पटेल, ज्वाहार लाल साह, गौतम यादव र सुजित कुमार चौहान लगायत रहेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सभापतिका उम्मेदवार श्याम गुप्ताले अबको लडाइँ विद्यार्थीको हक अधिकारका लागि हुने बताए। उनले विद्यार्थीका समस्या समाधान गर्न र उनीहरुको भविष्य सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
महागठबन्धनमा जनमत विद्यार्थी संघ, स्वतन्त्र युवा समूह, बजरंग दल, नयाँ शक्ति ९बाबुराम भट्टराई०, अखिल समाजवादी ९माधव नेपाल०, मुस्कान महिला समूह लगायत आठ दल तथा संघसंस्था रहेका छन्। महागठबन्धनले विद्यार्थीका साझा मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गुप्ताले विद्यार्थीका शैक्षिक, सामाजिक र आर्थिक समस्या समाधान गर्न आफ्नो टिमले ठोस योजना बनाएको बताए। उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा, रोजगारीका अवसर र सुरक्षित भविष्य प्रदान गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए।
महागठबन्धनले आगामी दिनमा विद्यार्थीका मुद्दालाई सशक्त रूपमा उठाउने र उनीहरूको हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।