छिमेक लघुवित वितिय संस्था लिमिटेडले २० अौ ग्राहक सदस्य गुनासो सुनुवाइ ईकाइ भेला बीरगंज शाखाको सम्पन्न भएको छ। स्थानीय सिटि प्यालेस होटलमा आयोजित कार्यक्रममा छिमेक लघुवित वितिय संस्था लिमिटेड बीरगंज शाखाले उत्कृष्ट विशिष्ट ९ जना सदस्यहरु ३ जना सदस्यहरु सफल ब्यवसायी र १० जना सदस्यहरुका छात्राहरूलाई छात्रवृत्ति र एक जना एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने शुभम मिश्रलाई नगदसहित रु ७ हजार ५०० आर्थिक सहयोग वितरण गरिएको हो ।
छिमेक लघुवित वितिय संस्था लिमिटेड मधेस प्रदेशका प्रबन्धक लालबहादुर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। उहाँले यस संस्थाले विभिन्न क्षेत्रमा लगानी गरेर आयस्रोतमा टेवा पुराउने काम गदै आइरहेको बताएका हुन ।कार्यक्रममा छिमेक लघुवित वितिय संस्था लिमिटेड पर्सा शाखाका प्रबन्धक रन्जय कुमार महतोको भनाइ अनुसार लघुवित वितिय संस्थाले अहिले धेरै विपन्न तथा मध्यम वर्गका मानिसहरुलाई सहुलियतमा ऋण प्रवाह गरेर धेरै जनाको घर परिवार अहिले परिवर्तन भएको बताएका छन् ।
.jpg)
संस्थाले ब्यवसायी ऋण कृषि ऋण घर जग्गा ऋण वैदेशिक ऋण लगायत विभिन्न क्षेत्रमा लगानी गरिरहेको प्रबन्धक महतोले बताएका हुन ।संस्थाले उत्कृष्ट विशिष्ट सदस्यहरु सम्मानित हुनेहरु सुकमती राई,देवी कुर्मी ,कोशिल्या कुर्मी ,गायत्री देवी ,मालती श्रेष्ठ ,विध्या देवी श्रेष्ठ ,रमभा देवी ओझा ,कनकीया देवी ,उर्मिला देवी कुर्मी ,१० जना सदस्यका छात्रहरुलाई छात्रवृत्ति रु ३६००र तीन हजार ६०० को दरले रु ३६ हजार प्रदान गरिएको छ उनीहरूलाई नगदसहित प्रमाणपत्र दोसल्ला ओदाइ सम्मानित गरिएको बीरगंज शाखाका प्रबन्धक महतोले बताएका छन्।छात्रवृत्ति पाउनेहरु रविना खातुन ,अनिता श्रेष्ठ , सविता देवी ,इन्द्र देवी ,प्रमिला बस्नेत ,मंगिता देवी ,सनकेसीया देवी ,रम्भा देवी ,फुलझरी देवी ,रमिता देवी लगायत रहेका रहेका छन् । कार्यक्रममा छिमेक लघुवित वितिय संस्था लिमिटेडका कर्मचारीहरु हरिओम चौधरी ,रामईश्वर कुमार ठाकुर ,सोनी ठाकुर ,लक्ष्मी श्रीवास्तव लगायतको उपस्थित रहेको थियो ।