नेपाल उधोग बाणिज्य महासंघको मधेश प्रदेशको छैठौ साधारण सभा सीमराको होटेल इच्छामा सम्पन्न भएको छ।
संघका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको सभाको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले उद्घाटन गरेका थिए ।
मन्त्री चौरसियाले उधोग ब्यापार क्षेत्रको समस्या हल गर्न सरकार तयार रहेको बताए । उनले लोकतान्त्रिक ब्यवस्थामा मात्र उधोग ब्यापार फस्टाउने बताउदै सरकार उधोगको क्षेत्रको बिकासका निम्ति सरल कानूनी प्रक्रिया निर्माणमा लागेको बताए ।उनले १५ प्रतिशत धरौटी राखेर मुद्धामा जाने प्रवन्ध गरिउको चर्चा गर्दे त्यसले उधोगी ब्यवसायीलाई राहत मिलेको हुनु पर्ने आफूले बिश्वास लिएको बताए । उनले सीमावर्ती क्षेत्रमा अनौपचारीक ब्यापार बढेको स्वीकार गर्दै करप्रणालीमा सुधारको खाँचो आफूले पनि महशुस गरेको बताए ।
नेकपा एमालेका पोलिट ब्यूरो सदसय एवं संघीय सासद अच्यूत मैनालीले मुलुकको आर्थिक अवस्था सुस्त रहेको अवस्थामा चर्चा गर्दै त्यसमा सुधार ल्याउन सबैकावीच सहकार्यको आवश्यकता रहेको बताए । उनले नीजि क्षेत्रले अधिकारको कुरा गरिरहदा आफनो दायित्वलाई पनि स्मरण गर्न आवश्यक रहेको बताए ।
मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुलुक भित्र लगानीको वतावरण नरहेको बताए । उनले राजनीतिमा बेइमानीमात्र भएकोले पनि समस्याले निकास नपाएको ठोकुवा गरे उनले भने “सबै नीतिको मुल नीति राजनीति हो त्यही इमान्दार हुन सकेको छैन त्यसैले जताततै समस्या नै समस्या छ” ।
कार्यक्रममा बीरगंज भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले ब्यापारीलाई समस्या र अप्ठयारो नपार्ने भंसार कार्यालयको नीति रहेको बताए ।
उनले हरेक क्षण ब्यापारमा सहजता ल्याउनकालागि कार्यालय प्रतिवद्ध रहेको बताए । उनले भन्सारले कतै कुनै ब्यापारीको फर्महरुमा छापा मार्नु नपरोस भन्ने चाहेको बताए ।
उनले अबैध ब्यापारले बैध ब्यापार गर्नेहरु ब्यवसायीहरुलाई समस्या परेको चार्चँ गर्दै ब्यापारमा पारदर्शीताको खाँचा रहेको बताए ।
कार्यक्रममा नेपाल उधोग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैध , डा। सुवोध गुप्ता ,अमरेश बैदवार ,बाराका प्रमुख जिल्ला अधिकार बसन्त अधिकारी न,नेपाल उधोग बाणिज्य महासंघ मधेशका पूर्व अध्यक्ष गणेश लाठ लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन अनुप अग्रवालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै अध्यक्ष अशोक टेमानीले उधोरो असुलीको कानूनको आवश्यकताको चर्चा गर्दै कानून ल्याउन सरकारसंग माँग गरे । उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काउन नीतिगत सुधारमा सरकारको ध्यानाकर्षण गराए ।
उनले मधेश आन्दोलनको इपिसेन्टर बनेको बीरगंजले राजनीतिक अधिकार त पायो तर आर्थिक र समामाजिक क्षेत्रले अहिले सम्म उपेक्षा मात्र सहिरहनु परेको दुखेसो पोखे ।

कार्यक्रममा महासंघले मधेशबाट नेपाल पत्रकार महासंघको केन्द्रमा र जिल्लामा निर्वाचित अध्यक्षहरु सम्मान गरेको थियो ।नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के।सी।लामिछाने , नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्षहरु पर्साका ओम प्रकाश खनाल, बाराका रमेश सुवेदी, रौतहटका संजय कार्की र धनुषाका पुरन साहलाई सम्मान गरिएको थियो ।