चैत्र ५ मा हुने स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार पवन यादवको प्यानल जित्ने एमाले नेताहरुले दावी गरेका छन । एमाले पर्साका नेताहरु समाजिक संजाल तथा बिभिन्न कार्यक्रमहरुको माध्यमबाट यादवको भोट माग्दै सो दावी गरेका छन । यादवको प्यानललाई जिताउन एमाले पर्साका नेताहरु जोडतोडले लागेका छन । सांसद प्रभु हजरा,एमालेका केन्द्रिय सदस्य अरबिन्द सिंह,एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पुर्व मेयर बिजय सरावगी, पुर्व प्रदेश सांसद प्रहलाद गिरी, एमाले पर्साका सचिव महेश दास, युवा नेता शिव पटेल, जिल्ला समन्वय समितीका उपाध्यक्ष पुरन पटेल,अरुण यादव,सुजित गिरी,आशिफ यादव,अमिर खान, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, रामकिसोर सिंह पराग लगायतका नेताहरु भिडियो संदेश मार्फत तथा औपचारिक कार्यक्रम मार्फत पवन यादवको प्यानललाई जिताउन मागं गरिरहेका छन । भोली हुने चुनावमा अनेरास्ववियुका उम्मेदवारलाई मतदान गर्न एमाले नेताहरुले माँग गरेका छन । ठाकुरराम बहुमुख क्याम्पसमा पवन यादवको समुह अग्र स्थानमा रहेको बिभिन्न समुहले दावी गरेका छन ।
अनेरास्ववियु पर्सा कमिटी सचिव समेत रहेका रहेका यादवले समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा क्यापसले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको बताउँछन्। “क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नगर्नेलाई दण्ड र सजायको व्यवस्था गर्ने कुरालाई जोड दिनेछौं‚” उनी भन्छन्, “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा हाम्रो मुख्य अजेन्डा रहेको छ । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छु उनले बताए ।”

यस्तै क्याम्पसको पुस्तकालयमा समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पुर्याउने , क्याम्पसका परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने, नियमित कक्षा सञ्चालन,प्राध्यापकहरुको नियमित उपस्थिती लगायतका विषय आफ्नो सोच रहेको यादवले बताए ।