वीरगञ्ज– नेशनल प्याब्सन एन प्याब्सन पर्साले जुनियर टि–२० क्रिकेट प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ। नारायणी रंगशालामा आईडियल स्कुल र ज्ञान निकेतन स्कुल बीच भएको फाईनल खेलमा आईडियल स्कुलले टस जितेर पहिलो बयाटिङ गरेकोमा ज्ञान निकेतन स्कुलले फिल्डिङ रोजेको हो ।
प्रतियोगिता बिरगंज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलमले गरेका हुन । खेल क्षेत्र बाट पनि विद्यार्थीहरुले आफ्नो भबिस्य बनाउन सक्ने धेरै आधार तय भएको आलमले बताएका छन् । प्रतियोगितामा पर्सा क्रीकेट संघका अध्यक्ष मनिस सिंहले भने अहिले क्रिकेट खेलको धेरै क्रेज बढीरहेकोले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो राम्रो उपस्थिति देखाए राम्रो आयस्रोत बन्ने प्रबल रहेको बताएका छन् ।बिधालय स्तरमा राम्रो खेल खेल्न सकेको खण्डमा माथिल्लो तहमा पुग्दा उत्कृष्ट खेल प्रदर्शन गर्न मद्दत पुग्ने सिंहको भनाइ रहेको छ।
नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेशनल प्याव्सनको केन्द्रिय उपाध्यक्ष डा० नन्दन यादव, सचिव इन्द्र देव शाह नेशनल प्याब्सन पर्साका उपाध्यक्ष बिनोद गुप्ता,कोषाध्यक्ष राजेश,सदस्य उतम गुप्ता,सोनालाल प्रसाद पटेल,शशी प्रकाश साह ,सौकत अल्ली,तारा श्रेष्ठ,मुनिलाल यादव लगायतको उपस्थित रहेको जुनियर टि–२० क्रिकेट प्रतियोगिताको संयोजक सन्तोष साहले जानकारी दिएका छन्।
प्रतियोगितामा आईडियल स्कुलले टस जितेर पहिलो बयाटिङ गरेकोमा १० बिकेट गुमाइ ११२ रन बनाएकोमा ११३ रनको लक्ष्य पछाएको ज्ञान निकेतन स्कुलले ८ बिकेट गुमाएर १५ ओभरमा ८२ रन मात्र बनाउन सफल भएको थियो ३० रनले आईडियल स्कुलले उपाधि बाजि हात पारेको हो । खेलको मैन अफ दि मैच आईडियल स्कुलका प्रीतम कुमार घोसित भएका हुन
बेस्ट बलरको उपाधी ज्ञान निकेतन स्कुलका बलीराम साह बेष्ट बैट्समैनको माउनट हरमन स्कुलका बिश्वनाथ दास ,बेष्ट बिकेट किपर आइडीयल स्कुलका सदीक अन्सारी बेस्ट फिल्डर बिधा सदन स्कुलका समीर देवान,मैन अफ सिरिज ज्ञानउदय स्कुलका सरजैल अल्ली मन्सुरी भएका छन् ।
प्रतियोगिताको बिजेता उप बिजेता स्कुलका खेलाडीहरुलाई प्रमुख अतिथि उपमेयर आलमले ट्रफि,मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
जुनियर टि–२० क्रिकेट प्रतियोगितामा पर्सा जिल्लाबाट नेशनल प्याब्सनमा आबद्ध १६ वटा बिधालयका बालबालिका छात्राहरुले भाग लिएको नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठले जानकारी छन् । कार्यक्रमको स्वागत मन्तव्य शिक्षक सन्तोष साहले गरेका थिए।