वीरगञ्ज– सामान्य विवाद भएको थियो र त्यो विवाद घरमा सबै पक्षसंग मिलाएर समाधान भएको तर त्यहीँ निहुँले राहुल राउत कम्कर अहिले बीरगंज न्युरो एण्ड जनरल हस्पिटल रिर्सज सेन्टर प्रालिको आइसियु कक्षामा मृत्यु संग लड्नु परेको छ ।
घटना आइतबार ३ गते दिउँसो करिब ३ बजेको समयमा बीरगंजबाट आफ्नो कामकाज सकेर घर जाने क्रममा पोखरीया नगरपालिका वडा नम्बर ९ सफिया कन्या बिधालय नजिकै नरसिंह प्रसाद चौहानका छोरा रामप्रसाद चौहान, निजको छोरा राजेश प्रसाद चौहान (नेपाली सेना कार्यरत आर्मी ) अर्को छोरा श्याम सुन्दर चौहान, नरसिंह चौहानका छोरा बिसुन चौहान निजको छोरा रंगलाल चौहान, जमुदिन देवानका छोरा नन्की भन्ने इजरायल देवान, महेन्द्र साह गोढका छोरा (रामदयाल साह हाल जनपद प्रहरीमा कार्यरत) र महादेव चौहानका छोरा रामप्रवेश चौहान लगायतले त्यहीँ सामान्य विवादको अन्त भएको विषय लिएर सामुहिक कुटपिट तथा ज्यान लिने प्रयास गरेको घाइतेका बुवा बैधनाथ राउत कम्करले पत्रकार समुक्ष हारगुहार छन् ।
उनले बताए अनुसार आफ्नो छोरा जेसिभिको काम गर्ने ड्राइभर भएको र केही दिन अगाडि सामान्य विवाद भएको थियो त्यो विवाद गाउँघरमा पन्चहरु बिच अन्त भएको थियो तर त्यहीँ बिषयमा मेरो छोरा माथि कुटपिट गर्ने ब्यक्तिहरुको किटानी जाहेरी इलाका प्रहरी कार्यालय पोखरीया चौकीमा निवेदन दिएको भए पनि प्रहरीले कुनै चासो नदिएको बताएका छन् । आफ्नो छोरा अहिले अस्पतालमा मृत्युसंग लडिरहेको तर दोषीहरु भने खुलेआम घुमिरहेका छन् ।
डाक्टरले अहिले विमारीको अवस्था धेरै नाजुक भइरहेको उनलाई हिजो देखि आइसियुमा राखेर उपचार भइरहेको छ। घाइतेका बुवा बैधनाथ राउत कम्करको भनाइ अनुसार छोराको टाउको पुरा फुटेको, बेला बेलामा विमारीले उल्टी समेत गर्ने गरेको बताए । दुई पटक सिटि स्क्यान गरिसकेको बताएका छन् । मेरो छोरालाई धेरै कुटपिट गर्ने मुख्य ब्यक्ति राजेश प्रसाद चौहान (पाली सेना आर्मी) र जनपद प्रहरी रामदयाल साह रहेको बताएका छन् । घाइतेको सुनको सिकडी,कानको बाली,अम्पो रेडमीको भारु ३२ हजारको नगद रु ४ लाख समेत लुटपिट गरेर लगेको बताए ।
घटना स्थलमा मोटरसाइकल तोडफोड गरि नष्ट गरेको अवस्थामा छ भनेर गुनासो पोखेका छन् ।उनले भने मैले न्याय नपाए अदालतको ढोका ढकढक्याउनु पर्ने हुन्छ भनेर बुवा बैधनाथ राउत कम्करले बताएका छन् । अहिले मेरो छोरा मृत्यु संग लडिरहेको अवस्थामा उनीहरू खुलेआम घुमिरहेका छन् रामदयाल साह प्रहरी भएकै कारण जोगाउने काम गदै आइरहेको छ भने अर्को राजेश प्रसाद चौहान (आर्मी) भएकै कारण उनीहरूलाई कसैले केही गर्न नसकेको घाइतेका बुवा बैधनाथ राउत कम्करले आफ्नो गुनासो पोखेका छन् ।