सीप सिकौं रोजगार बनौंउ भन्ने मुल नाराका साथ शुरु भएको ३ महिने महिला सशक्तीकरण र सीप विकास तथा क्षमता अभिवृद्धिका लागि सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ।
वडा नम्बर ११ को वडा कार्यालयको आर्थिक सहयोग तथा नारी शिल्पकला केन्द्र पर्सा बीरगंजको सहयोगमा शुरु भएको उक्त तालिममा ३५ जना महिला तथा युवतीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।तालिमको समापन समारोहमा सहभागी महिला तथा युवतीहरुले तालिम बाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउदै आगामी दिनमा थप यो भन्दा पनि एडभान्स तालिमको आवश्यकता रहेकोले वडा बाट त्यस्ता तालिमहरु उपलब्ध गराउन र आयआर्जनमा थप टेवा पुग्न मद्दत गर्ने सुझाव दिएका थिए।
सहभागीहरुले ३ महिना भित्र हामीले धेरै कुरा सिक्ने अवसर त पायौं तर आफुहरुलाई वडा कार्यालय बाट सिलाई कटाई मेसिन समेत उपलब्ध भए आफुहरु आभारी हुने थियोे भनेर बताएका थिए।नारीशिल्पकला केन्द्र पर्साका अध्यक्ष सीता ढकालको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजयकुमार चौरसियाको प्रमुख आतिथ्यमा सो तालिम सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा वडा अध्यक्ष चौरसियाले महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले यस्ता सिपमुलक तालिमहरु वडाले हरेक वर्ष उपलब्ध गराउदै आइरहेको बताएका छन् ।अहिले वडा कार्यालयले सिलाईकटाई तालिम ब्युटिसियन तालिम ,च्याउ खेती ,कम्प्युटर तालिम लगायत गदै आइरहेको बताए ।उनले भने आफ्नो वडाका महिला तथा युवाहरुलाई रोजगारी होस् भन्ने उदेश्यले वडा कार्यालय बाट तालिमहरु उपलब्ध गराउने काम भएको वडा अध्यक्ष चौरसियाले बताएका हुन, वडा अध्यक्ष चौरसियाले तालिममा सहभागी भएका महिला तथा युवतीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।

तालिमको समापन समारोहमा वडा सदस्य महम्मद मुस्तकिम हवारी,महिला वडा सदस्य सलमा खातुन ,गौदम देवी ,वडा सचिव उमेश शर्मा ,प्रशिक्षक पार्वती ठकुरी ,नारी शिल्पकला केन्द्रका सदस्य सविता देवी गिरि,शिला सहनी लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको स्वागत मनतब्य नारी शिल्पकला केन्द्र पर्साका कोषाध्यक्ष कलादेवीले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण पत्रकार जगत राईले गरेका थिए।