झापा– लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा केही दिनमा ठूलो परिमाणमा लागुपदार्थ ब्राउनसुगर बरामद गरिएको छ। ब्राउनसुगरको कारोबार बढेसँगै प्रहरीले पनि नियन्त्रणका लागि सक्रियता बढाएको छ।
चार दिनमा झापामा प्रहरीले २३८.६६ ग्राम ब्राउनसुगरसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ४ जना भारतीय कारोबारीसमेत रहेका छन्। बुधबार साँझ ६ः४० बजेको समयमा बिर्तामोड नगरपलिका वडा नं। ९ किराँत चौक घर भइ दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरणको लागि सञ्चय गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
त्यसक्रममा कमल श्रेष्ठ, दमक नगरपालिका–८ बालुवाटार बस्ने २९ वर्षीय भान्जा भन्ने रुपेश पौडेल, भारत बिहार राज्य किशनगञ्ज जिल्ला समीदिन कटलबारी– ७ लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र सोही ठाउँ बस्ने २७ वर्षीय कमरुललाई १२ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। उनीहरुको साथबाट नगद २३ हजार ३०० र ४ थान मोबाइल फोनसमेत फेला पारी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
बुधबार दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्कीचौक इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि।जी।पी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको ४ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने कदुभिट्टा ग्रामपंचायत २ बस्ने २६ वर्षीय मस्ताहक आलमले डयूटी टोलीलाई देखेर बाटोनजिकै रहेको काँसघारीमा लुकाउँदै गरेको अवस्थामा ९१ ग्राम ३८० मिलिग्राम बाउनसुगर फेला पारेको थियो। बैशाख ९ देखि १२ गतेसम्म लागुऔषधको ठूलो मात्रा बरामद भएको हो। बैशाख ९ गते अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगरसहित कनकाई नगरपालिका– ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी पक्राउ परेका थिए।
बैशाख १० गते साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३।१५ ग्राम ब्राउनसुगर फेला परेको थियो। बैशाख ११ गते बिहान १० बजे बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिराट आदर्श टोलमा ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो।
बैशाख ११ गते साँझ ६स्१५ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र सेतो रंगको प्लाष्टिकको पोकामा १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। बैशाख ११ गते साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भई दमक नगरपालिका वडा नं।९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक–९ बस्ने २६ वर्षीय भिष्म कँडेललाई बिशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो।
बैशाख ११ गते इलाम चुलाचुली गाउँपालिका– ५ घर भइ हाल दमक नगरपालिका– ३ भुटानी शरणार्थी शिविरमा बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैयाँ र बिभिन्न कम्पनीको मोबाइल फोन २ थान बरामद गरेसंगै तामाङलाई पक्राउ गरेको थियो।