वीरगञ्जमा कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सव आज भब्यताका साथ मनाएकोे छ । रामनवमी पुजाको शुभ अवसरमा आज कुर्मी सशक्तिकरण मञ्च पर्साले रामनवमी महोत्सव मोटरसाईकल र्याली निकालेर भब्यताका साथ मनाएको हो ।
कुर्मी सशक्तिकरण मञ्च पर्सा र कुर्मी सेवा सदनको संयुक्त आयोजनामा रामगढवा स्थित कुर्मी धर्मशालाबाट निकालिएको मोटरसाईकल र्याली पावरहाउस चौक, मुर्ली, घण्टाघर, माईस्थान, मकालु चौक, आर्दशनगर, घडिहर्वा हुदै नगर परिक्रमा गरि पुनः धर्मशाला पुगेर समापन्न गरि प्रसाद बितरण गरिएको थियो ।

कुर्मी समुदायले आफु रामजीको वंशज रहेको भन्दैं खुशियालीमा हरेक वर्ष चैत्र नवमी अर्थात रामनवमीको दिन प्रभु श्रीराम जीको जन्मउत्सव भब्यताका साथ मनाउने गरेका छन ।
र्यालीको क्रममा भक्तजनहरुले जय श्रीराम, जय गंगे, जय कुर्मीको नारा लगाएका थिए ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक पटेलको अध्यक्षतामा निकालीएको मोटरसाईकल र्यालीमा राप्रपाका सांसद बिना जयसवाल, एमाले नेता शिव पटेल, माओवादीका नेता मनोज चोधरी, समाजिक अभियन्ता सुरेन्द्र कुर्मी लगायत मञ्चका पदाधिकारी, सदस्य तथा कुर्मी समाजका अगुवा, बुद्धिजिविहरुको सहभागीता रहेको प्रवक्ता अनिल पटेलले बताए ।