वीरगंज : मंसिर २६ गते मध्य राती इँटा उद्योगका सञ्चालकहरूले मानिस लगाएर चिम्नीका कामदारमाथि कुटपिट गरेको भ्रामक समाचार प्रति बारा–पर्सा इँटा व्यवसायी सङ्घको गम्भिर ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष ओमप्रकाश यादवले आज एक प्रेस बिज्ञप्ती जारी गरि भ्रामक समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।
अध्यक्ष यादवले संघको निर्णय बिपरित चाडै चिम्नी संचालन गर्न खोज्ने सुपर इँटा उद्योगका संचालक सरोजकुमार यादवसंग छलफल मात्र भएको बताउदै त्यहाँका कामदारमाथि कुटपिट नभएको बताए । सुपर इँटा उद्योगका सञ्चालक यादवलाई संघले पटकपटक इँटाभट्टा सञ्चालनमा रोक लगाए पनि नमानेको र संघको निर्णयलाई लत्याएकोले समस्या खडा भएको अध्यक्ष यादवले बताए ।
संघको सह कोषाध्यक्ष समेत रहेका यादवले आफैले बनाएको नियम आफै पालना न गर्दा समस्या उत्पन्न भएको संघको दावी थियो । माघ १ गते देखि ईटाभाठा संचालन गर्ने संघको देशव्यापी निर्णय तथा माघ २५ गते जिल्लाको निर्णय बिरुद्ध सुपर ईटाले मंसिरमै ईटा भाठा संचालन गर्न खोज्दा समस्या भएको यादवले बताए ।
आफना कमदारलाई आफैले लुक्न लगाई सुपर ईटाले संघका सदस्य सोना इँटा उद्योगका संचालक ओमप्रकाश यादव, शिवम् इँटा उद्योग फुलवरियाका सञ्चालक जीतेन्द्र मिश्र, प्रीति इँटा उद्योग, डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर, अनमोल इँटा उद्योग, डोकैलाका सञ्चालक बृजमोहन साह रौनियार र एभिएस इँटा उद्योग, चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाइ उजूरी दिने जस्ता घृणित र गलत काम गरेको संघका अध्यक्ष यादवले बिज्ञप्ती मार्फत बताए ।
उनले संघ भित्रको बिवादलाई व्यक्ति बिशेष बनाएर सुपर ईटा उद्योगले अनावश्यक विवाद खडा गरेको संघको दावी छ । यादवले संघ भित्रको विवादलाई अनावश्यक मिडियावाजी गरि संघको प्रतिष्ठा माथि नै आँच पुरयाउने तथा संघको निर्णय बिरुद्ध गतिबिधि गर्ने सुपर ईटाका संचालकलाई संघको बिद्यान अनुसार कारिवाही गरिने अध्यक्ष यादवले बताए । संघको निर्णय बिपरित ईटा भाठा संचालन गरि उल्टै अन्य ईटा उद्योगीहरुलाई कामदारलाई कुटपिट गरि भारततर्फ लेखेटिएको जस्ता भ्रामक गतिबिधिले नेपाल भरिका सम्पुर्ण ईटा उद्योगीहरुको प्रतिष्ठा माथि आँच पुगेको संघको ठहर छ । संघले सुपर ईटा उद्योगलाई वार्ता र संवादको मार्फत समस्या समाधान आग्रह समेत गरेको यादवद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।