भारतको उत्तरप्रदेशस्थित अलीगढमा एउटा अचम्मको घटना भएको छ। त्यहाँ एउटी महिला छोरीका लागि तय गरिएको भावी ज्वाइँसँग भागेकी छन्।
छोरीको बिहे हुनु ९ दिनअघि उनी घरका गरहगना र नगद लिएर हुनेवाला ज्वाइँसँग गएकी हुन्। परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। हिन्दुस्तानका अनुसार घटना अलीगढको मद्राक थाना क्षेत्रस्थित एउटा गाउँको हो।
गाउँका एक व्यक्तिले अलीगढको दादोन थाना क्षेत्रको एक गाउँका केटासँग आफ्नी छोरीको विवाह तय गरेका थिए। विवाहको मिति अप्रिल १६ का लागि तय भइसकेको थियो।
तर त्यसको ९ दिनअघि केटीकी आमा नै छोरीको हुनेवाला बेहुलासँग फरार भएका हुन्। छोरीको बिहेको मिति तयपछि उनकी आमाले हुनेवाला ज्वाइँसँग फोनमा लगातार कुरा गर्न थालिन्। उनीहरूबीच कुराकानी हुन थाल्यो। गोप्य रूपमा फोन गर्न थाले।
यसैबीच गत आइतबार ज्वाइँ हुनेवाला केटा आफ्नो परिवारलाई विवाहका लुगा किन्न भनेर घरबाट निस्के। पछि बुवालाई फोन गरेर म हिँडे, अब मलाई नखोज्नू भने। यति भनेर उनले फोन काटिदिए।
केही दिनपछि बिहे गर्न लागेको छोराको यस्तो कुरा सुनेर बुबा बेचैन भए। तैपनि परिवारले उसलाई केही चिन्ता पर्यो कि भन्ने साच्यो। तर साँझ परिसक्दा पनि उनी न घर फर्किए, न फोन सम्पर्क नै। यसपछि उनका बुवाले छोराका भावी ससुरालाई फोन गरेर सोधे– छोरा त्यता आएको हो तरु
तर जवाफमा केटीका बुवाले आफ्नी पत्नी (भावी सासू) पनि घरबाट बेपत्ता भएको बताए। अनि दराजमा रहेका सुनका गरगहना र करिब साढे दुई लाख रुपैयाँ पनि नरहेको उनले सुनाए।