वीरगञ्जः वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साले जिल्ला स्तरीय बैठक सम्पन्न गरेको छ । भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षता जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा ३ पालिका ३महिने ऐक्सन प्लान सहित बैठक कार्यक्रम सम्पन्न भएको हो । आयोगले जिल्लामा रहेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी ३ महिने ऐक्सन प्लान अभियान संचालनमा लाएको छ ।
बैठकमा अध्यक्ष अहमदले भूमि सम्बन्धी समस्या समाधानका लागि ३ महिने ऐक्सन प्लान अभियानलाई तीव्र बनाउने बताउनु भयो । उनले भने ३ महिना भित्र भुमिहिनहरुलाई लालपुर्जा दिने लक्ष्य सहित यो अभियान सुरु गरेको हो । ऐक्सन प्लान अभियानको पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा दिने अध्यक्ष अहमदले बताउनु भयो । उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिनुभयो । अहम्दले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफु लगनशिलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई पालिकाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गर्नुभयो । पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा बैशाख देखी असारसम्म आयोगले ३ महिने ऐक्सन प्लान अभियान अगाडि बढाएको छ ।
यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक एवं बैठकका प्रमुख अतिथी आरती भण्डारीले यो आयोग अन्तिम आयोग हुने बताउनु भयो । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधान गरिने गरि यो आयोग कम गरिरहेको भण्डारीले जानकारी दिनुभयो । उहाँले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताउनुभयो । बैठकमा सम्बोधन गर्दै बिशिष्ट आतिथी प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुका लागि ऐक्सन प्लान अभियानले लालपुर्जा दिने बताउनुभयो । उनले आयोगले संचालन गरिरहेका अभियानमा पूर्ण सहयोग गर्नुपर्ने बताउँदै, गरिब निमुखाको हक्मा काम गर्न र समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहेको बताउनु भयो ।
बैठकमा सदस्य शिव नारायण राम, बिज्ञ सदस्य शन्तोस कुमार पासवान, जिल्ला समन्वय समितिको कार्यालय पर्साका प्रतिनिधी सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्सा प्रमुख असोक भट्टराई, विनय श्रीवास्तव भुमि समस्या समाधान आयोग समस्य , डिविजन वन कायाएलय पर्साका प्रतिनिधी सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल र पालिका प्रतिनिधी तथा भुमि समस्या समाधानका सदस्यहरू उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झालले गरेका थिए ।