बिगत ५० बर्षदेखि बस व्यवसाय संचालन गर्दै आएको ओम बिनायक ट्राभल्सले शुक्रबार थप दुई वटा बस संचाल्नमा ल्याएको छ । कलैया वीरगंज हुदै काठमाडौ र वीरगंज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले टाटा कम्पनीको एलपिओ १५१५/५५ बिएस४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न दुई वटा बस संचाल्नमा ल्याएको हो । वीरगंज बहुअरी स्थित सिप्रदी प्रा.लिमा एक बिशेष समारोहका बिच ५० वटा व्यालुन उडाएर बसको शुभारम्भ गरिएको थियो ।
बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई,ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक भिमकिरण बोगटी,पर्साका एसपी गौतम मिश्र, नायारायण्ी यातायात व्यवसायि संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायतका अतिथीले ब्यालुन उडाएर बसको शुभारम्भ गरेका थिए ।

यात्रा आरामदायी र सुखद बनाउने उदेश्यले एलपिओ १५१५/५५ बिएस४ ब्राण्डको बस संचाल्नमा ल्याइएको ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले जानकारी दिए । प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्र्चाज समेत रहेका पौडेलले वातावरणमैत्रि र आरामदायिक बस संचाल्नमा ल्याएको दावी गरे । उनले मधेश प्रदेशबाट संचालन हुने बसहरु मध्ये सवै भन्दा आरामदायिक बस भएको दावी गरे । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सम्पुर्ण सुबिधाहरु बसमा समावेश गरिएको बताए । ३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट ,युएसवी चार्जर, सिट बेल्ट,रिडिगं लाईट, कप होल्टर,आमरेष्ट,प्लेन जस्तै समान राख्ने डिकि,सेन्ट्रलाईज एसी,एलईडी लगायतको सुबिधा बसमा जडान गरिएको पौडेलले बताए ।
ओमबिनायक ट्राभल्सको सानदार ५० बर्ष
ओम बिनायक ट्राभल्सले बस व्यवसाय संचालन गरेको ५० बर्ष पुरा भएको छ । बि.स. २०३१ सालमा पौडेलका बाजेले भारतको पञ्जाब प्रान्तको जलन्धरबाट बस किनेर पहिलो पटक बस व्यवसायमा हात हालेका थिए । बिगत ५० बर्षदेखि टाटा संग सहकार्य गरेको अवसरमा कम्पनीका आधिकारिक बिक्रेता सिप्रदीले पौडेललाई सम्मान गरेको हो । शुरुवात देखिनै ट्राभल्सले टाटा मोटरसलाई विश्वास गरि निरन्तर सहकार्य गरेको भन्दै टाटा कम्पनीले पौडेललाई सम्मान गरेको सिप्रदीका प्रमुख प्रबन्धक ईन्द्रमणी पोखरेलले बताए ।
यातायात व्यवसायमा पौडेल परिवारको तिन पुस्ता
अच्युत पौडेल ओम बिनायक ट्राभल्सका तेस्रो पुस्ता हुन । पौडेलका बाजे ट्रक संचालन गरि यातायात व्यवसायमा हात हालेका थिए । उनका बुवा अशोक पौडेलले बस संचालन गरि सो व्यवसायलाई निरन्तारता दिएका थिए ।संचार उद्यमी तथा क्रियाशिल संचारकर्मी समेत रहेका पौडेल बाउबाजेको बिरासतलाई जोगाउदै यातायात व्यवसायलाई सफलतापुर्वक सम्हाल्दै आएका छन ।शुक्रबार थप गरिएको २ वटा आधुनिक बस संगै उनी संग १० वटा बस संचालनमा रहेको छ । वीरगंज नारायघाट तथा कलैया वीरगंज हुदै काठमाडौं सम्म बसहरु संचालनमा छन ।
५० बर्षको अवसरमा सम्मान तथा शुभकामना
बस सेवा संचालनको ५० बर्ष पुरा गरेको अवसरमा टाटा मोटर्सले सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संचालक अच्युत पौडेलले लामो संर्घषका बाउजुद यो सफलता हासिल भएको बताए । कुनै बेला यहि व्यवसायका कारण उठीबास भएको स्मरण गर्दै वुवा संग भएको चालकको सिपले उभो लागेको बताए । लगनशिल र ईमन्दारिकताका साथ कर्म गरे सफलता मिल्ने भन्दै पौडेलले यो लामो सहकार्यमा सहयोग पुरयाउने सम्पुर्ण चालक, कर्मचारीहरुलाई अभार व्यक्त गरेका थिए । पौडेलले चालकको छोरापनि साहु हुनसक्छ भन्नेकुराको गतिलो उदाहरण दिएका छन । “चालकको छोरा जहिले नि चालकनै बन्नु पर्ने हुदैन चालकको छोरा साहु पनि बन्न सक्छन त्यसका लागि ईमन्दारिका साथ कर्म गर्नुपछर्” पौडेलले भने । पौडेले समाजिक उतरदायित्व अन्र्तगत बिभिन्न समाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन । क्यान्सर पिडितको लागि निशुल्क बस सेवा दिदै आएका पौडेलले अति गरिव परिवारको छोरीको विहेमा पनि आर्थिक सहयोग गर्दै आएका छन । यसबर्र्ष लागेको पञ्च बर्षियगढीमाई मेलाको लागि पनि दर्शनार्थीहरुकोलागि बिहान निशुल्क बस सेवा संचालन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्द लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,बाराका सहयाक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, पर्साका एसपी गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण बाराका संचारकर्मी प्रदिप गौतमले गरेका थिए ।
