बीरगंज । निजी तथा आवासीय बिधालय नेपाल पर्सा जिल्ला कार्यसमितिले यो वर्ष २०८१ प्याब्सन लेगेसी अवार्ड–२०८१’ बाट गौतम स्कुलकी संस्थापक एवम् प्याब्सन पर्साका संस्थापक अध्यक्ष उर्मिला लामा सम्मानित हुनुभएको छ । पर्सा जिल्लामा शिक्षाको क्षेत्रमा संस्थापक अध्यक्ष लामाले पुर्याएको अतुलनीय योगदान र प्याप्सनलाई आज यो क्षेत्र सम्म पुराउन ठूलो सफलता हासिल गरेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै उनलाई लिगेसी अवार्डबाट सम्मानित गरिएको पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको हो ।
बीरगंजमा अहिलेसम्म यो ८६ वर्षीया लामाले २०३३ सालमा केवल चार जना विद्यार्थीबाट गौतम स्कूलले आफ्नो शैक्षिक यात्रा सुरु गरेकी आज गौतम स्कूल हजारौँ विद्यार्थीलाई अध्यापन गराउने मधेस प्रदेशकै उत्कृष्ट शिक्षाको संस्थाको रूपमा स्थापित गर्न सफल भएको अध्यक्ष चौधरीले बताएका हुन । शिक्षा क्षेत्रले आज हामी सबैको शिर माथि उठाउने काम गरेको र शिक्षा क्षेत्रको योगदानले वीरगञ्जको शिक्षा क्षेत्रमा परिवर्तन ल्याएको प्याब्सन पर्साका अध्यक्ष चौधरीले बताएका छन् । “उर्मिला लामाजस्ता अग्रज व्यक्तित्वले बीरगञ्जमा निजी स्कूल स्थापनाको आधारशिला खडा गर्नुभयो । उहाँको सम्मान हाम्रो कर्तव्य हो,” चौधरीले भने ।
अध्यक्ष चौधरीले प्याब्सन लेगेसी अवार्ड आफ्नो कार्यकालमा स्थापना गरेको बताउँदै आगामी वर्षहरूमा पनि शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मानित गरिने प्रतिबद्धता व्यक्त गरे ।
सम्मान समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम , मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, मधेस नीति आयोगका सदस्य डा. हरिशंकर शाह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण,शिक्षा महाशाखाका आनन्द लामिछाने , प्याब्सनका पुर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय र गौतम स्कूलका संस्थापक निर्देशक निमा लामा,प्याब्सन पर्साका केन्द्रीय सदस्य छेडुप लामा,वरिष्ठ उपाध्यक्ष सुशीला साह,कोषाध्यक्ष प्रविन चौधरी ,सहकोषाध्यक्ष रामबाबु साह,सदस्यहरु मन्जु राना भाट,सुधिर पटेल ,विनोद उपाध्याय,सेलीडटकमका अध्यक्ष राजेन्द्र कोइराला ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,उपाध्यक्ष शर्मानन्द कुशवाहा,मनिषा सुनुवार,अनमोल कोइराला ,बिजय बल,माट्रिन मुक्तन,,लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण प्याब्सन पर्साका सचिव अशोक संग्रोलाले गरेका थिए।