वीरगञ्ज : आत्मनिर्भरता होस् भन्ने उदेश्यले १५ जना महिलाहरुलाई एण्डभान्स कोष अर्थात महिलाहरुलाई ४५ दिने सिलाइ कटाइ तालिम संचालन गरेको छ। नारी सिपकला केन्द्रको सहजिकरण र वडा नम्बर ११ को वडा समितिको आर्थिक सहयोगमा सो तालिम संचालन भइरहेको हो ।
बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको नारी शिपकला केन्द्र बीरगंजले महिलाहरुलाई थप दक्षता प्रदान गर्ने उदेश्यले एण्डभान्स कोर्स अर्थात यसअघि तालिममा सहभागी भएका महिलाहरुलाई सिलाइ कटाइ तालिम संचालनमा ल्याएको छ। गत पौष २ गतेदेखि आफ्नै भवनमा १५ जना महिलाहरुलाई आत्म निर्भरता होस् भन्ने चाहनाले यो तालिमको आयोजना गरिएको नारी शिपकला केन्द्र पर्साका अध्यक्ष सीता ढकालले बताएकी छिन।
पौष २ गते तालिमको उदघाटन वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार चौरसिया बरइले गर्नुभएको थियो । उहाँले भने आफ्नो वडामा बसेका वडाबासिहरुका लागि यस्ता शिपमुलक कार्यक्रमहरु मार्फत आत्मनिर्भर होस् भन्ने चाहना रहेको बताए । बीरगंज महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोग तथा नारी शिपकला केन्द्र पर्साको सहजिकरणमा उक्त सिलाइकटाइ तालिम संचालन भइरहेको छ।
नारी शिपकला केन्द्र बीरगंज पर्साका अध्यक्ष सीता ढकालको अध्यक्षतामा भएकोमा सो उदघाटन समारोहमा वडा सचिव उमेश शर्मा ,वडा सदस्यहरु मुस्तकिम हवारी,सलमा खातुन ,गौदम देवी ,जगन महतो,नारी शिपकला केन्द्रका कोषाध्यक्ष कलादेवी दास,सहसचिव रिना कर्ण तथा कार्यसमितिका सदस्यहरुको उपस्थित रहेको थियो । एण्डभान्स तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको उपाध्यक्ष निर्मला भन्डारीले जानकारी दिएकी छिन् ।
एण्डभान्स तालिममा चौबन्दी ,गाउन मेक्सी,कुर्था सुरुवाल ,बलाउच,सर्ट ,स्कर्ट गरि सात प्रकारका अर्थात सात किसिमका डिजाइनहरु सो तालिममा सिकाइने उपाध्यक्ष भन्डारीले बताइन् , तालिममा अवधिभर राधा कार्कीले प्रशिक्षण दिइरहेका छन् । कोही पनि बेरोजगार नहोस् र सबैले सीप सिकेर आफ्नो आयमुलकमा सहयोग पुराउने उदेश्यले यो एण्डभान्स कोष तालिम संचालन गरिएको अध्यक्ष ढकालले बताएकी छिन । आफ्नो सीप भएकोे खण्डमा कोही पनि खाली घरमा बस्न नपरोस् भन्ने हाम्रो चाहना रहेको बताएका छन् ।